बनायो दास परिस्थितिले ढाटेको छैन !

गजल

बनायो दास परिस्थितिले ढाटेको छैन !
तिम्रो चित्त दुखाउन ,नियतले आटेको छैन !

रहरले होइन बाध्यताले दुरि पक्कै बढेको छ
संका नगर पैसा सङ्ग ,माया साटेको छैन !

Sayalb

मनै न हो!दुख्छ्नी मेरो पनि दसैं तिहार सम्झिदा !
तर !नसोच पीडाले मेरो ,छाती फाटेको छैन !

नभिजेको शिरानी ओभानो आँखा कहाँ छ र मेरो पनि !
अथाह छ मुटुमा तिम्रो माया ,बाटो काटेको छैन !

सम्हालेर राख मायाका बिम्ब, प्रिय! मन् खिन्न नगर !
नमरी बाचे पक्कै आउँछ ,यो पर्देशिले ढाटेको छैन !
सागर ✍️
के . आइ . सिंह गाउपालिका ६ डोटी
हाल नंया दिल्ली बाट

Shaileshwori
Loading...