कोरोनाबाट धनुषाधाम नगरपालिकाका वडाध्यक्षको मृत्यु

Sayalb

जनकपुरधाम : धनुषामा कोरोना भाइरस संक्रमणबाट एक वडाध्यक्षको मृत्यु भएको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनुषाधाम नगरपालिका–६ का  वडाध्यक्ष बन्दे बहादुर मोक्तानको बिहीबार ज्यान गएको हो।

मोक्तान प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए। उनको उपचार क्रममा मृत्यु भएको हो।

 ५० वर्षीय मोक्तानलाई कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा सारिएको थियो। बिहीबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ। वडाध्यक्ष मोक्तान पूर्वएमालेबाट निर्वाचित भएका थिए।

Shaileshwori
Loading...