अबदेखि सबै शिक्षकले संक्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार पार्नैपर्ने

काठमाडौं देशभरका निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुले अब पाठ्यवस्तु समायोजन ढाँचाअनुसार संक्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार पार्नुपर्ने भएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यक्रममा तोकिएका सिकाई उपलब्धिहरु पूरा गराउने गरी शैक्षिक सत्रको व्यवस्थापनको लागि ‘विद्यालय सञ्चालन सम्बन्धी कार्याढाँचा २०७७’ मा यस्तो व्यवस्था गरेको हो।

‘राष्ट्रिय पाठ्यक्रम प्रारुप र कक्षागत एवं विषयगत पाठ्यक्रममा तोकिएका सिकाई उपलब्धिहरू पूरा गराउने गरी शैक्षिक सत्रको व्यवस्थापनको लागि विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यवस्तु समायोजन ढाँचा,२०७७ बमोजिम संक्रमणकालीन वार्षिक कार्यतालिका र सबै शिक्षकहरूले संक्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार पार्ने।’ कार्याढाँचा २०७७ को शैक्षिक योजना र तालिम सम्बन्धमा भनिएको छ।

Sayalb

प्रदेश शिक्षा तालिम केन्द्रले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ र पाठ्यवस्तु समायोजन ढाँचा २०७७ समेतका आधारमा शिक्षकहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरणका कार्यक्रमहरू सञ्चालन गराउनुपर्ने कार्याढाँचामा उल्लेख छ।

त्यस्तै,कार्याढाँचामा शिक्षकहरुलाई पाठ्यक्रम अनुकूल हुनेगरी कठिन परिस्थितिमा सिकाई सहजीकरण गर्न अपनाउनुपर्ने विधि तथा प्रकृयाको बारेमा तत्कालिन आवश्यकता अनुसार सुपरिवेक्षण तथा तालिम प्रदान गर्नुपर्ने उल्लेख छ।

Shaileshwori
Loading...