लाग्छ चिन्ता लाग्छ पिर तिमिलाई सम्झिदा

मुक्तक १
अगेनुमा सिस्नो गाल्छिन् साझ परे पछि
पिढिँमा कनिका चाल्छीन् साझ परे पछि
खुसी ल्याउन प्रवासिएका बा फर्किएनन्
मेरि आमा रुन थाल्छिन् साझ परे पछि
मुक्तक २
ठुलै भुल गरेछु गरेर संगत हेरेर हास्दै छ
मन भित्र छ नमेटिने खत हेरेर हास्दै छ
हिजो मैले आँखा दान गरेको हुँ जस्लाई
आज उसैले यो मेरो हालत हेरेर हास्दै छ
मुक्तक ३
रुवाउन चाहन्न कसैको मन दुखाउन चाहन्न
बरु यो मनमा नै कसैलाई सजाउन चाहन्न
केही पाउन केही गुमाउनु पर्छ तिमी भन्छौरु
म तिम्लाई पाउन बाआमा गुमाउन चाहन्न
मुक्तक ४
ठुलै जात छ अनि औकात छ जे गरेनी हुन्छ
बिटाका बिटा पैसाको खात छ जे गरेनी हुन्छ
गरिब छु ,नियम पालना गर्नै पर्छ मैलेत यहाँ
तिम्रो पो सरकारमा पनि हात छ जे गरेनी हुन्छ
मुक्तक ५

लाग्छ चिन्ता लाग्छ पिर तिमिलाई सम्झिदा
हर साझ बिहान आखिर तिमिलाई सम्झिदा
अतीत बिउझन्छ उराँठ लाग्छ दुनियाँ सारा
छोएर ती पुराना तस्बिर तिमिलाई सम्झिदा
बिबेक प्रज्वल इङ्गनाम ,
आठराई,तेह्रथुम
