कस्ले बनायो खै यस्तो रित अचम्म लाग्छ- रस्बिन आले मगर
मुक्तक १
विना कोसिस पहिलो चरण विज्ञ हुनु भएछ।
ठुला बडाको लिएर शरण विज्ञ हुनु भएछ।
हिजो सम्म वनजङ्गल बेच्दै हिड्ने महोदय,
आज अचानक वातावरण विज्ञ हुनु भएछ।।
मुक्तक २
यहाँले, सोच बिचारै नगरी भुल्नु भयो
हेर बुढेसकालमा कठैबरी भुल्नु भयो
पहिलो प्रेम भुल्न सक्दिन भन्ने महोदय,
आज सहजै बाआमा कसरी भुल्नु भयो
मुक्तक ३
कस्ले बनायो खै यस्तो रित अचम्म लाग्छ।
आफ्नै घरमा छिन् नारी पिडित अचम्म लाग्छ।
जस्ले छोरीलाई स्कुल साटो बनपाखा पठाउँछ,
उसैलाई चाहिन्छ बुहारी शिक्षित अचम्म लाग्छ।।
मुक्तक ४
न छ पैसा, न छ टिकट दुख गर्नु
पर्छ।
नहुनु है झन् झन् निकट दुख गर्नु पर्छ।
सुस्ख मात्रै खोज्छेउ भने सम्बन्ध टुटाऔं आजै,
छ, मेरो गाउँ धेरै बिकट दुख गर्नु पर्छ।।
मुक्तक ५
माया नै माया छ कति हो कति छैन नभन।
तिमी सँगै छ, प्रेमको ओखती छैन नभन।
केवल मेरो दिल भित्र तिमी नै तिमी छेउ,
तिम्रो दिलमा मलाई अनुमती छैन न
रस्बिन आले मगर
बन्दिपुर, ३ तनहुँ