विश्वास मेरो यौटा ~ आधार भन्न लायक

बहर : मुजारे मुसम्मन अखरब
रुक्न : २२१ २१२२ / २२१ २१२२
#गजल
विश्वास मेरो यौटा ~ आधार भन्न लायक।
आमा हुँदा छ झुप्रो ~ संसार भन्न लायक।

मारेर मनको द्यौता~ढुङ्गाको देख्छु पूजा,
मन्दिर हुनेभो हाम्रो~ब्यापार भन्न लायक।

भलनै चलेको जस्तै ~~ झर्दैछ आँसु धेरै,
प्रेममा दिएको पीडा~उपहार भन्न लायक।

छाती फोडेर काट्यौ फाट्यो कलेजो मेरो,
तिम्रा रुखा पहेली~ हतियार भन्न लायक।

सिन्दूर धोइ मेरो ~~~ रातो चुरा फुटायौ,
खै के रह्यो र बाँकी ~शृङ्गार भन्न लायक।
२-गजल
यो मलाई के भो खै~ प्रेमको नशा जस्तो।
तप्प खस्छ आँखामा आँसुको थोपा जस्तो।

Sayalb

साथमा हुँदा मेरै ~ प्रेम उनको लाग्थ्यो र त,
भूल्न खोज्छु झन् धेरै सम्झिएँ सदा जस्तो।

यातना र पीडाले ~~ भित्र चोट लागेपछि,
लाग्यो अझ अचानोमा रेटियो गला जस्तो।

दिन्छु साथ भन्नेले ~~ आज एक्लो पारेर,
भित्र भित्र मेरो मन ~ टुक्रियो सिसा जस्तो।

बेदनाहरू मनमा ~~~ उर्लिएको बेलामा,
व्यर्थ लाग्छ यो जीवन सल्किँदो चिता जस्तो।

बहर-हजज मुसम्मन अशतर मक्फूफ मक्बुज मुखन्नक सालिम
अर्कान-२१२ १२२२ २१२ १२२२
काफिया बन्धन- आ
रदिफ- जस्तो
नाम-दिनेश पौडेल “अन्तिम”
ठेगाना-पर्वत, ठूलिपोखरी

Shaileshwori
Loading...