म्यानचेष्टर सिटीलाई हराउँदै टोटनह्याम शिर्ष स्थानमा,

काठमाडौं: इङ्लिस प्रिमियर लिगमा टोटनह्याम शिर्ष स्थानमा उक्लिएको छ। उसले गएराति सम्पन्न खेलमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो।
टोटनह्यामको जितमा सनले खेलको पाँचौ मिनेटमा नै पहिलो गोल गरेका थिए सन हेंग मिन र गिओभानी लो केल्सोले एक एक गोल गरेका थिए ,भने केल्सोले खेलको ६५औ मिनेटमा गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारेका थिए।

योजितपछि टोटनह्याम प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लिएको हो। टोटनह्यामको ९ खेलमा २० अंक रहेको छ। त्यस्तै म्यानचेस्टर सिटीको भने ८ खेलमा १२ अंक रहेको छ र लिगको ११औ स्थानमा झरेको छ।
गएराति नै भएका अन्य खेलमा चेल्सीले न्यू क्यासललाई दुई शुन्यले हराउँदै दोस्रो स्थानमा पुगेको छ।
