महोत्तरीस्थित औरही बजारको एक गोदाममा भीषण आगलागी

Sayalb

महोत्तरी :  महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा रहेको अम्बिका जेनरल स्टोरको गोदाममा बेलुका ८ बजे आगलागी भएको छ ।
आगो कहाँबाट सल्केको थाहा हुन सकेको छैन। गोदाममा रहेको ग्यास सिलिण्डरमा आगो लागेर पड्केका कारण आगो बलेको जेनरल स्टोरका संचालक महेश साहाले बताए ।

करिब डेढ घण्टादेखि आगो निभाउन जलेश्वर, जनकपुर उपमहानगपालिका, क्षीरेश्वरनाथ नगरपालिकाका वारुण यन्त्र पनि थप आइरहेका जानकारी इलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले दिए। आगो निभाउन लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। ।

Shaileshwori
Loading...