बैतडीको दोगडाकेदारका विद्यालयमा पठनपाठन सुरु

Sayalb

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् ।
कोरोना कहरका कारण लामो समयदेखी बन्द रहेका विद्यालयमा आज देखी पठनपाठन सुरु गरिएकोे दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेश प्रसाद भट्टले बताए ।
कक्षा १ देखि १० सम्म पठनपाठन हुने विद्यालयहरु आज देखि सञ्चालनमा आएका भए पनि कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालयमा भने पठनपाठन सुरु गर्न केही समय लाग्ने बताईएको छ । कक्षा १२ को परीक्षा यहि मंसीर ९ गते देखी सञ्चालन हुने भएकाले कक्षा १२ को परिक्षा केन्द्र रहने विद्यालयमा मंसिर १८ गते देखि पठनपाठन हुने जनाईएको छ ।

Shaileshwori
Loading...