कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा

कक्षा १२ को भोलि देखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण वैशाखमा हुने भनिएको परीक्षा भोली देखि हुन लागेको हो । राष्ट्रिय परीक्षाका बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षाको तयारी सकिएको र ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्कका साथ विद्यार्थीले परीक्षा दिन सक्ने बताउनुभयो । कोरोना भाइरसका कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ ।

Sagan sahari bhawan nirman aayojana

अब डेढ घण्टामा ४० पूर्णाङ्ककको लिखित परीक्षा हुने भएको छ । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने उहाँले बताउनुभयो । स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गर्नुभएको छ ।

परीक्षा केन्द्रहरूमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरूको व्यवस्थापन गरिएको हुँदा ढक्क भएर परीक्षामा सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमित भए पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

Shaileshwori
Loading...