जानै मन छ भने पराइ घर तस्बिर दिएर जाउ
गजल
गजल
मेरो जीवनबाट जाउ तर तस्बिर दिएर जाउ
जानै मन छ भने पराइ घर तस्बिर दिएर जाउ
आफ्नो प्राण भन्दा बढी माया गरेको हुँ यार
तिम्रो एउटा सुन्दर सकभर तस्बिर दिएर जाउ
मलाई औषधी दिन आउ, म तिम्रो प्रेम रोगी हुँ
नत्रभने छिट्टै पिउदैछु,जहर तस्बिर दिएर जाउ
भाग्यमा नै थिएनौ तर रोजेर खोजेर के गरौ
यहाँ हाँसीहाँसी आउ,सुन्दर तस्बिर दिएर जाउ
बस आशीर्वाद दिनेछु,तिमी पराइ भएको दिन
पराइको सिन्दुरमा छैन कर तस्विर दिएर जाउ
तिमी यो हृदमा छौ,म त्यो हृदयमा छैन,पल्लवी
कहाँ छौ रुआउ सुनाउ खबर तस्विर दिएर जाउ
🖌 मनमोहन ठकुल्ला पुर्विचौकी २ डोटी