कविता “ए जिन्दगी”

कविता
शीर्षक : ए जिन्दगी

Sayalb

जिन्दगी त भागदौड नरहेछ,
के गुनासो गरु ए समय तसँग
हिड्न नजान्दा आफै लडिन्छ,
बाटोले लडाउने होईन ।
दौडमा कोही जिताउन लागे त कोहि हराउनमा लागे
बस्
जिताउन चाहानेहरुको भाषा बुझिन यत्ति हो गुनासो,
समयले साथ दिन्छ जिताउनेहरुको दुखाएको मन
बनेको नराम्रोमा मलम लगाउने छु ।
भलै जिन्दगी रहोस् मात्र ।
हराउनेहरु सँग पनि गुनासो छैन
म हार्दा खुसि महशुस भएको होला ।
ए जिन्दगी !
ए समय !
भनिदेउ दौडमा अगाडि जाउ वा रोकु
जब जब त्यो दुरदराजको मेरो बस्ति, घर
बाआमा अनि बालापन
सम्झिन्छु, यो सब फिका लाग्छ,
बाच्ने सर्तमा दौडिरहेको लाग्छ ।
अमुल्य मृत्यु भेट्न दौडिएको लाग्छ ।
यो श्वास रोक्न दौडिएको लाग्छ ।
ए जिन्दगी !
ए समय !
कति बाकि छ अब यो भागदौड,
बस यदि जान मन छ ।

✍ लेखक : मुना मटेली
ठेगाना : बडीकेदार डोटी
हाल काठमाण्डौँ

Shaileshwori
Loading...