डोटी जिल्लामा भोलि एक साथ आठ अस्पतालको शिलान्यास हुँदै 

डोटी जिल्लामा सोमबार आठ अस्पतालको एकसाथ शिलान्यास गरिने भएको छ । सुदूरपश्चिम प्रदेश स्तरीय सरुवा रोग सम्बन्धी ५० सैयाको अस्पताल सहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकामा सरस्वतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५/१५ सैयाको अस्पताल स्थापना हुने भएको छ ।
जिल्लाको पुर्बिचौकी, केआईसिंह, सायल, बडीकेदार गाउँपालिका र शिखर नगरपालिकामा १०/१० शैयाको अस्पतालको शिलान्यासको तयारी गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
२०३९ सालमा क्षेत्रीय अस्पतालका लागी जग्गा अधिग्रहण गरेको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ ग्वालसैनमा सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको मूख्यमन्त्रीको स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले जानकारी दिनु भएको छ । ३८ वर्ष पहिला जग्गा अधिग्रहण भएको अस्पताल राजनैतिक खिचातानीका कारण अस्पताल बन्न सकेको थिएन ।
सुरुवा रोग सम्बन्धीको अस्पताल तराईका जिल्लामा स्थापनाका लागी विभिन्न प्रयास भएपनी अन्ततः डोटीमा स्थापना हुने भएको हो ।
Sayalb
नेपाल सरकारले देशभरका तिन सय ९६ अस्पतालको एक साथ उद्घाटनको तयारी गरेको छ । सोही कार्यक्रम अन्तरगत डोटी जिल्लामा आठ अस्पताल उद्घाटन हुन लागेको हो । डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष कमलबहादुर गड्सिला, जोरायलमा दुर्गादत्त ओझा, शिखर नगरपालिकामा सिताराम जोशी,पुर्बिचौकीमा दिर्घराज बोगटी, बडीकेदारमा कृष्णबहादुर चन्द, सायलमा तेजबहादुर डुम्रेल, केआईसिंह लोकेन्द्रबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ  ।
Shaileshwori
Loading...