एकतिरबाट लुट्दै अर्कोतिर दान दिँदैछन् ह्याकरहरू, अनौठो घटना देखेर विज्ञहरू चकित

ह्याकरहरूको एउटा समूहले आफूले लुटेको रकम परोपकारी संस्थालाई दान गरेपछि यस्तो नयाँ खालको घटना देखेर विज्ञहरू नै छक्क परेका छन्।

डार्कसाइड भनेर चिनिने समूहका ह्याकरहरूले विभिन्न कम्पनीबाट दशौँ लाख डलर धुतेका छन्। तर आफूहरू ‘विश्वलाई राम्रो स्थान’ बनाउन भएको उनीहरूको दाबी छ।

सञ्चालकको पहिचान नखुल्ने हिसाबले चलाइएको वेबसाइटमार्फत् उनीहरूले दुईवटा परोपकारी संस्थामा १० हजार डलर बिटक्वाइन चन्दा दिएको रसिद सार्वजनिक गरेका छन्।

त्यसमध्ये एउटा चिल्ड्रेन इन्टरन्याश्नलले आफूले उक्त रकम स्वीकार नगर्ने बताएको छ।

उक्त कदमलाई नैतिक र कानुनी दुवै रूपमा आश्चर्यजनक र समस्याकारी घटनाक्रमका रूपमा लिइएको छ।

ह्याकरले अमेरिकी विश्वविद्यालयबाट १३ करोड रुपैयाँ धुते
कम्प्युटर नचल्ने बनाएर पैसा माग्ने र्‍यान्समवेअरबाट बच्ने तरिका
अक्टोबरको मध्यमा राखेको ब्लग पोस्टमा ह्याकरहरूले आफूहरूले धेरै नाफामा रहेका कम्पनीहरूलाई मात्रै तारो बनाउने बताएका थिए। उनीहरूले त्यस्ता संस्थाका आईटी प्रणाली फिरौती नपाएसम्म अवरुद्ध गरिदिने गरेका थिए।

उद्देश्य के होरु
उनीहरूले लेखेका थिए, “हामीलाई लाग्छ कम्पनीहरूले तिरेको केही रकम परोपकारमा जानु उपयुक्त हो।”

“तपाईँहरूले हाम्रो काम जति खराब भएको ठान्नूस्, हामी कसैको जीवन परिवर्तन हुनेगरी सहयोग गर्न पाएको थाहा पाउँदा प्रसन्न छौँ। आज हामीले हाम्रो पहिलो चन्दा दियौँ।”

चन्दाको रसिद
ती साइबर आक्रमणकारीहरूले दुईवटा परोपकारी संस्था द वाटर प्रोजेक्ट र चिल्ड्रेन इन्टरन्याश्नललाई ०।८८ बिटक्वाइन पठाएकोमा प्राप्त करको रसिद पनि पोस्ट गरेका थिए।

Sayalb

चिल्ड्रेन इन्टरन्याश्नलले बालबलिका, परिवार र समुदायलाई भारत, फिलिपिन्स र संयुक्त राज्य अमेरिका सहित १० वटा देशमा काम गर्छ। उक्त संस्थाका प्रवक्ताले बीबीसीसँग भने, “यदि उक्त चन्दा ह्याकरहरूसँग जोडिएको छ भने त्यसलाई स्वीकार गर्ने इच्छा हाम्रो छैन।”

ुरबिन हुडु बन्ने इच्छा

साइबर सुरक्षा कम्पनी इम्सीस्फटका विश्लेषक ब्रेट क्यालो भन्छन्, “यी दानमार्फत् अपराधीहरू के प्राप्त गर्न खोजिरहेका छन् त्यो प्रष्ट छैन। सम्भवतस् यसले उनीहरूलाई आफ्नो पश्चात्तापका लागि सहयोग गर्छ। अथवा अहंका कारणले उनीहरू विवेकशून्य फिरौती लिने व्यक्तिभन्दा पनि आफूलाई रबिन हुडजस्ता पात्रका रूपमा हेरियोस् भन्ने चाहन्छन्।”

उनी थप्छन्, “उत्प्रेरक जे भए पनि यो एकदमै असाधारण कदम हो र मलाई लाग्छ यो पहिलो पटक फिरौती उठाउने साइबर आक्रमणकारीको समूहले आफ्नो नाफाको अंश परोपकारी संस्थालाई दान गरेको घटना हो।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,
साइबर हमला

डार्कसाइड तुलनात्मक रूपमा नयाँ समूह हो। तर क्रिप्टोकरेन्सी बजारको विश्लेषणले उनीहरूले सक्रिय रूपमा पीडितहरूबाट रकम असुलिरहेको देखाउँछ।

भारतको निसानामा थप चिनियाँ एप, ई(कमर्समा प्रयोग हुने अलिएक्सप्रेस पनि प्रतिबन्धित
विश्वभरका कम्पनी साइबर हमलाको मारमा
गएको ज्यानुअरीमा ट्राभलेक्ससहितका नाम चलेका कम्पनीहरू साइबर आक्रमणको निसानामा परेका थिए। ती लक्षित आक्रमणसँग जोडिएका साइबर अपराधीहरूसँग उनीहरूको सम्बन्ध भएको हुनसक्ने प्रमाण भेटिएका छन्।

ह्याकरहरूले परोपकारी संस्थाहरूलाई रकम दिएको विषयले सुरक्षा निकायहरूलाई पनि चिन्ता थपिदिएको छ।

आक्रमणकारीहूले विश्वका ६७ वटा गैरनाफामूलक संस्थाहरूको अमेरिकामा रहेको सेवा प्रदायक द गिभिङ ब्लकमार्फत् चन्दा दिएका हुन्।
बीबीसी

Shaileshwori
Loading...