म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनागमन जित निकालेको छ। सेन्ट म्यारी स्टेडियममा भएको खेलमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै घरेलु टोली साउथ ह्याम्पटनमाथि जित निकाल्यो।

खेलमा घरेलु टोलीले जन बेडनरेकको गोलमा अग्रता बनाएको थियो। उनले २३ औं मिनेटमा गोल गर्दा साउथह्याम्पटनकै जेम्सवार्डले ३३ औं मिनेटमा गोल गरे। पहिलो हाफ सकिँदा दुई गोलले अघि रहेको घरेलु टोली बलियो देखिएको थियो।

Sayalb

दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए। उनले खेलको ६० औं मिनेटमा एडिसन काभानीको पासमा गोल गरे। त्यसपछि निर्णयाक भूमिकामा चम्किए काभानी। उनले खेलको ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। र, अतिरिक्त समयमा मार्कस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडको जितका लागि निर्णायक गोल गरे। र, पहिलो हाफ सकिँदा २ गोलले पछि परिसकेको युनाइटेडले ३-२ को पुनरागमन जित निकाल्न सक्यो।

जितसँगै युनाइटेड १६ अंकसहित तालिकाको ८ औं स्थानमा उक्लिएको छ। त्यस्तै १० खेलबाट १७ अंक जोडेको साउथह्याम्टन तालिकाको पाँचौं स्थानमा छ।

Shaileshwori
Bolpatra
Loading...