सल्यानमा ढुङ्गा प्रहार गरी हत्या

सल्यान: एक युवकले ढुङ्गा प्रहार गरी एकजनाको हत्या गरेका छन्। बन्गाड कुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले सोही ठाउँका ६६ वर्षीय दुर्गाबहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Sagan sahari bhawan nirman aayojana

आइतबार बेलुका ७ बजे नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोलामा बादीलाई पछाडिबाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए। घटना बेलुका ७ बजेको भए पनि स्थानीयले प्रहरीलाई साढे ८ बजे मात्रै खबर गरेको उनको भनाइ छ। हत्या गर्ने युवकको मानसिक सन्तुलन ठिक नभएको पाइएको थापाले बताए।

फरार रहेका युवकको खोजतलास भइरहेको र घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shaileshwori
Loading...