जीप दुर्घटना हुँदा इलाममा २ जनाकाे ज्यान गयाे

इलाम – इलाममा जीप (पीकअप) दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।फाकफोकथुम गाउँपालिका ५ को लुम्देमा जीप दुर्घटना हुँदा आज (सोमबार) दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरूको परिचय नखुलेको प्रहरीले जनाएको छ । गाडी चालकसहित एक जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल इलाम ल्याइँदैछ ।
लुम्देको कुलुङे भन्ने ठाउँमा बाटो घुमाउरो भएकाले जीप अनियन्त्रित भइ सडकबाट पाँच सय मिटर तल खसेको स्थानीय जनप्रतिनिधि कृष्ण राईले जानकारी दिनुभयो ।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरीको टोली गएको छ ।
