च्याम्पियन्स लिग : रियल म्याड्रिड पराजति, समूह चरणबाटै बाहिरिने चरणमा

डोटी: च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड पराजति भएको छ। गएराति भएको खेलमा रियल म्याड्रिड शख्तर डोनेटस्कसँग २-० गोल अन्तरले पराजित भएको हो।

शख्तरका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरेका हुन् । यो हारपछि रियल म्याड्रिड समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। अहिले रियल म्याड्रिडको ५ खेलमा ७ अंक छ भने समुहमा तेस्रो स्थानमा रहेको छ। अब समुहको अन्तिम खेल बोरुसिया एमग्लाडवाचविरुद्धको खेल जित्नै पर्ने भएको छ। सो खेल डिसेम्बर १० मा हुदै छ।
यस समुहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो भने अब अन्तिम खेलपछि नै लाग्ने छ। एमग्लाडवाच ५ खेलमा ८ अंकसहित शिर्ष स्थानमा छ भने शख्तर ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै इन्टर मिलान ५ खेलमा ५ अंकसहित चौथो स्थानमा रहेको छ।
