लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभित कार्यक्रम गरि समापन

तेजु ओेली/ डोटी
डोटी : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीवार विभित कार्यक्रम गरि समापन भएको छ । जिल्लाका सबै स्थानीय तहले फरक फरक कार्यक्रमको आयोजना गरी मनाएको छ । दिपायल सिलगढी नगरपालिकाको आयोजनामा नगर पालिकाको सभाहलमा सरोकारवाला संग बहस तथा अभियानको क्रममा गरेका कार्यक्रमको समिक्षा गरी समापन गरेको हो ।
नगरपालिका ले लैङ्गिक हिसा बाट महिलाहरु बढी पिडित हुने भएकाले २४ जना किशोरीलाई ३ दिने आत्मसुरक्षा तलिम दिएको हो ।
दिपायल सिलगढी नगरपालिका भित्रका हिंसा पिडित महिलाहरुले आफ्ना समस्या उजागर गरेका थिए र त्यस्ता हिंसाको अन्त्यका लागि सरोकारवालाको भुमिका लिएर बहस संन्चालन गरेको थियो ।

Sayalb


उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले यस अभियानले थप उर्जा र सशक्त रुपमा लाग्नु पर्ने बताउनु भएको थियो । यस्ता अभियान ले अभियानका क्रममा मात्र नभएर वर्ष भरी नै बनाउनु पर्ने बताउनु भयो ।
हाम्रो समाजमा धार्मिक आर्थिक सामाजिक सांस्कृतिक मधिरा लगायतका कारणले समाजमा बिकृती फैलिने गरेकोले यस्ता घटनाबाट मुक्त हुनका लागी स्थानीय तह र प्रशासन संग संगै ठोस योजना लिएर जानु पर्ने बताउनु भयो । घर टोल समाज गाउँ तथा सार्वजनिक स्थानमाहुने सबै घटनालाई सम्बन्धित पक्षले जिल्ला प्रहरी कार्यालय मा मुद्दा दर्ता गरेको खण्डमा कुनै पनि हालतमा नछोड्ने बताउनुभयो ।
त्यस्तै दिवसका अवसरमा कार्यक्रम गर्दा बढी महिला पिडित हुने भएकाले महिलालाइ आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउने बताउनुभयो । महिला अझैपनी निर्णयक स्थान सम्म नपुगेका भन्ने हैन महिलालाइ निर्णय स्थान सम्म नपुगाएको बताउनुभयो। महिलालाइ समाजले ब्याक्तीले स्थानीय तहले सहयोग गरि अगाडि बढाउनु पर्ने बताउनु भयो । साथै आफ्नो नगर पालिकाबाट महिलालाई शसक्तिकरण र आत्मनिर्भर बनाउने कार्यक्रममा जोड दिने बताउनुभयो ।

Shaileshwori
Loading...