२ दिने अभिमुखीकरण कार्यक्रम सिलगढीमा सम्पन्न

तेजु ओली /डोटी
महिला हरुलाइ बिषय बस्तुमा ज्ञान र सिप प्रदान गरी स्थानीय स्तरमा महिलावादी नेतृत्व तथा लैङ्गिक उत्तरदायी समावेशी सुसासन को अभिवृद्धि गराउन अभिप्रेरित गर्ने उदेश्यले आयोजित कार्यक्रम सम्पन्न भएको छ । महिलाबादी नेतृत्व विकास तथा लैङ्गिक उत्तरदायी समावेशी सुशासन सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सिलगढी मा सम्पन्न भएको छ । जुरी नेपाल नामक गैरसरकारी संस्था र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिडव्लुओ)डोटीको आयोजना तथा युएन ओमेनको सहकार्यमा डोटी को दिपायल सिलगढी नगरपालिका ६ सिलगढी मा सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिडव्लुओ) डोटी का अध्यक्ष कुमार सिंह टेलरको अध्यक्षता तथा जुरी नेपालका प्रतिनिधि वेद व्यास लामिछाने, सुन्दर सेमी, देवका केसी, लगायत प्रशिक्षकहरूले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए। अभिमुखीकरण कार्यक्रममा महिला अधिकार मंच, फेडो डोटी, नगर स्तरिय मेलमिलाप केन्द्र, एकल महिला समुह (डव्लुएचआर) , नगर स्तरिय अपाङ्ग सञ्जाल, सरस्वती स्वास्थ्य आमा समुह, फुलबारी अपाङ्ग अधिकार प्रबद्रन समिति, संघ्रर्ष युवा नेपालका प्रतिनिधि तथा प्रमुखहरूको सहभागिता रहेको थियो ।

Sagan sahari bhawan nirman aayojana

महिलाहरुको नेतृत्व विकास गर्नका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जुरी नेपाल केन्द्रीय कार्यालयमा जिआइजी एक्सपोट मा कार्यरत प्रशिक्षक देवका केसीले बताउनु भएको छ। लिङ्गको आधारमा कसैलाई भेदभाव,गर्न नपाइने कुरा स्पष्ट भएको र भेदभाव गरे नसहने सहभागीहरुले बताएका छन ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिडव्लुओ) डोटीका अध्यक्ष कुमार सिंह टेलर, जुरी नेपालका प्रतिनिधि वेद व्यास लामिछाने, सुन्दर सेमी, देवका केसी, विभिन्न संस्था तथा समुहका सहभागी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Shaileshwori
Loading...