गौतमबुद्ध कप क्रिकेट, बागमती र राप्ती भिड्दै

काठमाडौं : चितवनमा जारी गौतमबुद्ध कप टी–ट्वेन्टी क्रिकेटमा आज बागमती र राप्ती भिड्दैछन्।

 

Sayalb

यी दुई टोलीबीचको खेल बिहान सवा ११ बजे निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ। हिजोको पहिलो खेलमा सुपर ओभरमा नारायणीसँग पराजित भएको बागमतीलाई आजको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा पराजित भए बागमती प्रतियोगिताबाट बाहिरिनेछ।

राप्ती भने आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने उद्देश्यसहित मैदान उत्रिँदैछ। राप्ती हिजोको विजेता नारायणीविरुद्ध भोलि मैदान उत्रिनेछ। पर्सि ३० गते शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। राप्ती विनोद भण्डारीको नेतृत्वमा छ भने बागमती ज्ञानेन्द्र मल्लको नेतृत्वमा छ।

Shaileshwori
Loading...