मानव बेचबिखन मुद्दामा कैद भुक्तान गरिरहेका चितवनका एक कैदीको मृत्यु

चितवन : कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका जङ्गबहादुर क्षेत्रीको मृत्यु भएको छ । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएका हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय क्षेत्रीको सोमवार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

Sagan sahari bhawan nirman aayojana

उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
उनको आन्द्रामा समस्या देखिएको थियो ।

Shaileshwori
Loading...