अब रावलहरूका दिन सकिए : प्रेम आलेमगर (भिडियो सहित)

डोटी : सुदूरपश्चिम प्रदेशमा रावलहरुका दिन सकिएको नब नियुक्त बन तथा वातबरण मन्त्री प्रेमबहादुर आलेमगरले बताए ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रहेका  नेता भिमबहादुर रावललाई लक्षित गर्दै मन्त्री बनेपछी पहिलो पटक डोटी पुगेका आलेले रावल प्रति कटाक्ष गरेका हुन ।
नेकपाको वली समूहले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको कार्यक्रमका बोल्दै मन्त्री मगरले उक्त कुरा बताएका हुन । अछामबाट निर्वाचित भीम रावललाई ‘ठुलो रावल’ र कैलालीबाट निर्वाचित झपड रावललाई ‘ सानो रावल’को संज्ञा दिएका आलेले भने ‘अछाममा यज्ञ बोगटीले रावलको साथ छोडेको हाम्रो पक्षमा लाग्नु भएको छ र कैलालीमा नबल सिं रावलले साथ छोडेका छन् अब रावलहरुका दिनहरू सकिएका छन् ।’  उनले थपे ‘नबल सिंहले मलाई फोन गरेर भने झपड रावलले २ घण्टासम्म फोन गरेर घुरघुर रुनु भयो ।’
बन तथा वातावरण मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने आलेले बताए । आलेले भने ‘ म हालसम्मका मन्त्री मध्यकै उत्कृष्ट मन्त्रालय बनाउने छु । मैले घोषणा गरेको छु मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’
Sayalb
भिडियाे हेर्न यहाँ किलिक गर्नु हाेस https://www.facebook.com/karna.chand.1/videos/3565565630217089
Shaileshwori
Loading...