सन्दीप लामिछाने मेलवर्न स्टार्सविरूद्ध मैदानमा उत्रदै

नेपाली लेग स्पीनर सन्दीप लामिछाने क्वारेन्टाइन मुक्त भएसँगै आज आफ्नो नयाँ क्लब होर्वाट हुरिकेन्सबाट मैदान उत्रने भएका छन्।

कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका लामिछानेले क्लबका पछिल्ला ६ खेल गुमाएका छन्। तास्मानिया राज्यको होर्वाटमा हुने टिमको सातौं खेलमा आज सन्दीप मैदान उत्रने भएका हुन्।

Sagan sahari bhawan nirman aayojana

नेपालबाट डिसेम्बर १५ मा अस्ट्रेलिया पुगेका सन्दीपले अनिवार्य होटल क्वारेन्टाइनमा १४ दिन बसेपछि शुक्रबारदेखि अभ्यासमा सहभागी भएका थिए।

होर्वाट हुरिकेन्सको सातौं खेलमा सन्दीपले पुरानो क्लब मेलवर्न स्टार्सविरूद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय बिहान ११:५० बजे सुरू हुनेछ।

सन्दीपको क्लब अहिले ६ खेलमा चार जितका साथ तेस्रो स्थानमा छ। समान अंक रहेको सिड्नी थन्डर दोस्रो र १६ अंकमा रहेको सीडनी सिक्सर शीर्ष स्थानमा छ।

सन्दीपको टोलीले पुनः सोमबार जनवरी ४ तारिखका दिन ब्रिजबेनको गाब्बा मैदानमा मेलवर्न स्टार्ससँग खेल्ने कार्यक्रम रहेको छ। पुरानो क्लबविरुद्ध सन्दीपको प्रदर्शनी कस्तो रहने हो त्यो भने निकै प्रतिक्षाको विषय बनेको छ।

सन्दीपको शनिबारको सहभागिता भने होवार्टका प्रशिक्षक एडम ग्रिफीथ र कप्तान म्याथ्यू वेडको रोजाइमा भर पर्नेछ ।

होवार्टले किनेका विदेशी खेलाडीमध्ये दुई जना स्पीनर र एक व्याटसम्यान छन्। जसमा अफगानिस्तानका राइट आर्म लेग स्पीनर क्वाइस अहमद, दक्षिण अफ्रीकी ब्याट्सम्यान डेभिड मिल्लर र नेपालका राइट आर्म लेग ब्रेक सन्दीप लामिछाने हुन्।

मेलवर्न स्टार्समा लामो समय रहेका सन्दीपलाई त्यस टिमको आनीबानीका बारेमा ज्ञान छ। उनलाई क्लबले आफ्नो वेवसाइटमा शनिबारको टिममासमेत समावेश गरिसकेको छ।

Shaileshwori
Loading...