बझाङको थलारा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु ग¥यो

शिवजी मण्डेल /बझाङ
थलारा गाउँपालिकाको आर्थिक वर्ष २०७७र७८ अन्तरगत वडा नं ७ का ८० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको छ । जेष्ठ नागरिकलाई न्यानो बलाङ्केट वितरण गरि सम्मान कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

वडा नं ७ भित्र रहेका ८० वर्ष उमेर नाघेका ४० जना जेष्ठ नागरिकलाई एक एक बलाङ्केट वितरण गरिएको वडा अध्यक्ष भिम बहादुर रोकायाले बताए ।
उक्त सम्मान कार्यक्रम गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायको प्रमुख आथित्यमा भएको थियोे भने कार्यक्रम संचालन वडा सचिव मनिराम पाध्यायले गर्नुभएको हो ।

Sayalb

गाउँपालिका भरिका सबै वडामा उक्त सम्मान कार्यक्रम संचालन गरिने गाउँपालिका अध्यक्ष उपाध्यायले बताए । थलारा गाउँपालिका भित्र २८० जेष्ठ नागरिक रहेका र जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम स्वरुप बलाङ्केट वितरण गरिने बताउनु भयो ।

गाउँपालिका भरि जेष्ठ नागरिक सम्मान कार्यक्रम पौष मसान्त भित्र गरि सक्ने गाउँपालिकाका नायव सुब्बा नरेश ओलीले बताएका छन् ।

Shaileshwori
Loading...