दलित नमुना बस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान अन्तरक्रिया कार्यक्रम सञ्चालन

शिवजी मण्डेल / बझाङ,

जिल्लाको थलारा गाउँपालिकामा सबैको साथ सबैको सम्मान, विभेद रहित समाज निर्माणका लागि हाम्रो अभियान भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । थलारा गाउँपालिकाको आर्थिक सहयोग र राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालको आयोजनामा उक्त कार्यक्रम चैत १ गते आइतबार बाट सुरु गरिएको (आरडिएन) का सहजकर्ता शेर बहादुर ओखेडाले बताए ।

Sayalb

दलितका समस्या पहिचान गर्ने, नमुना बस्ती र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिका भरिका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।उक्त कार्यक्रम बाट गाउँपालिका भित्र रहेका प्रत्येक वडामा एक दलित बस्तीलाई नमुना बस्ती बनाउने लक्ष रहेको राष्ट्रिय दलित नेटवर्क (आरडिएन) का केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रम चैत १ गते थलारा गाउँपालिका वडा नं ७ बाट सुरु गरिएको हो । राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारको अध्यक्षतामा र थलारा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भिम बहादुर रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि संस्थाका कर्मचारी पत्रकार गरि ५० जनाको सहभागिता रहेको थियो । भने अन्तरक्रिया कार्यक्रममा लम्बा र झपालीलाई नमुना बस्ती निर्माण गर्ने निर्णय भएको वडा अध्यक्ष रोकायाले बताए ।

चैत १५ गते भित्र गाउँपालिका भरिका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने आरडिएनका सहजकर्ता ओखेडाले बताउनुभयो ।

Shaileshwori
Loading...