प्राप्त उपलब्धीको रक्षा गर्दै बिकास र समृद्धीका लागि अघि बढौं
डबल साउद , अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सायल गाउँपालिका सँगठन कमिटी
नेपालमा शासन कालको ईतिहास फर्केर हेर्दा एक सय चार बर्ष राणा र अढाई सय बर्ष राजाहरूले शासन गरे । यद्यपि शासन त लामो समय अन्य वँशले गरे पनि राणा र राजाहरूले गरेको शासन ब्यबस्थामा नेपाली जनताको लागि अत्यन्तै दुर्भाग्य दुखःपूर्ण रह्यो । एक सय चार बर्ष लामो समयसम्म राणाहरूले शासन गर्दै गर्दा नेपाली भुमी गुमाउने देखी जनतालाई कुनै पनि अधिकार नदिएर शोषण दमन यातना दिदै अगाडी बढ्यो । नेपाली जनताले क्रुर एकतन्त्रीय जँहानीया राणा शासनका बिरूद २००७ सालको क्रान्ती मार्फत राणाहरूको साशन ब्यबस्थालाई किनारा लगाउदै नेपालमा प्रजातन्त्र नामको नया व्यबस्था स्थापना गर्न सफल भए ।
नेपालमा त्यति बेला दुई पार्र्टी नेपाली काँग्रेस र नेपाल कम्यूनिष्ट पार्टी हुदै गर्दा बिक्रम सँवत २००७ सालतिर को चुनावमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्यो । तत्कालिन समयमा पनि नेपालीलाइ लागेको थियो की अब शान्ती हुन्छ, संविधान सभाको चुनाव हुन्छ, देशले विकासको गति लिन्छ । तर नेपाली जनताको त्यो चाहाना पुरा हुन सकेन । फेरि नेपालीका लागि दुर्भाग्य शुरू भयो । तत्कालिन अन्तरिम संबिधानमा राजालाइ राख्नेकी नराख्ने भन्ने बिषयमा बहस गर्दै गर्दा विपि कोईरालाले राजा राख्ने प्रस्ताव र अडानबाट नेपाली काँग्रेसको दुईतिहाई सरकारको निर्णयवाट राजा राख्ने निर्णय पारित भयो । राजा महेन्द्रले २०१७ मा सबै शासन सता खोस्दै आफ्नो हातमा लिए । आफ्नो निरँकुश कदमका बि?द्धमा बोल्ने नेताहरूलाई जेल हाल्ने क्रम शु? भयो । वि पि कोईराला लगायतका नेताह? कयौ भारत र नेपालतिर भित्रै भुमिगत बस्नु पर्ने बाध्यता रह्यो । राजा महेन्द्रले राणा शासन कै मोडलमा पँन्चायती ब्यवस्था जारी राखे । २०३६ सालको जनमत सँग्रह ताका नै कमजोर भइसकेको पञ्चायती ब्यवस्था २०४६ सालको जनआन्दोलनबाट अन्त्य हुन गयो । पञ्चायती ब्यवस्थाको अन्त्य भएको भएता पनि राजा रहिरदा नेपालका राजनैतिक दलहरू राजाको मातहतमा र पञ्चायती शैलीको नक्कल गर्दै गर्दा देशमा परिवर्तन भएन । आफू राजा रजौटाको चाकरी र भेटी चढाउदै कुर्र्सी माग्ने र आफ्नो स्वार्थ पुर्तीको लागि राजालाई सोधेर काम गर्नुपर्ने चलन थियो ं राजासँग शोषण र दमनको निती मात्रै थियो १
राणा र राजाह?ले आम नागरिकलाइ चेतना दिएनन् । देशमा विकसको सट्टा उल्टै दमन शोषण गरे ।नेपालीे समाजलाई जात जातिको तहगत स्वरूप दिदै गए र ठूलो जात सानो जात धनी, गरिब, महिला , भुगोल, संस्कृती ,भाषाका नाममा लामो समयसम्म विभेद र उत्पिडन र अन्याय अत्याचार रहदै आयो र तिनै राजा माहाराजाकै सिको तल्लो तहसम्म रह्यो ।
यहि एकात्मक सामन्ती राज्य व्यबस्थाका बि?द्ध नेकपा माओवादीको नेतृत्वमा १० बर्षे जनयुदको शुरूवात भयो । जनयुद्धकै जगमा २०६२÷०६३ साल को जनआन्दोलनको समेत शु?वात भयो । जनयुद्धबाट र जनआन्दोलनको बलमा स्थापना भएको सँघिय गणतन्त्रमा सबै किसिमका बर्ग र समुदायका अधिकाह?को शुनिश्चितता गरेको छ ।
राज्यमा रहेको एकात्मक सामन्ती ब्यवस्थाको अन्त्य भयो । जनआन्दोलन र जनयुदको अभ्यास र शहिदको रगतबाट सृजना भएका एजेन्डाहरू गणतन्त्र, संघियता, धर्मनिरपेछ्ता , समावेशीता समानुपातिक व्यवस्था सहित पछाडि पारिएको लिंग, समुदाय भाषा, संस्कृति, भुगोल, दलित, महिला, मदेशी, मुश्लिम आदिवासी, जनजाती लगायत बिभिन्न किसिमका उत्पिडनमा परेका सबै समुदायका हक अधिकार नेपालको बर्तमान सँविधानमा ग्यारेन्टी गरिएको छ । साथै यो संबिधान देश र जनताको आवश्यकताका आधारमा संसोधनीय छ । आज यो ब्यबस्थामा सबैको अस्तित्व ,समानता र देशप्रति सबैलाई अफनत्वको महसुस भएको छ । पहिलेको समयमा हुने गरेका अपराध ,भ्रष्टाचारको थाहा हुदैन थियो । थाहा भए पनि भन्न बोल्न सक्दैनथे । आज सबै खाले गलत प्रवृतीहरू तुरून्तै थाहा हुन्छ र गलतको विरोध गर्ने र समाजले सहि र गलत चिन्ने बुझ्ने र देश गाउँ समाजमा भएका गलत तत्वहरू नांगिने, एक्लिने ,जेल जाने क्रम शुरूवात भएको छ । यो तिब्र चेतनाको बिकास हुनुमा दश वर्षे जनयुदको ठुलो उपलब्धी मानिन्छ ।
बर्तमान राज्य ब्यबस्थालाइ सहि र गलत मानिस फिल्टर हुने ब्यबस्था पनि भनिन्छ । हजारांै नेपाली जनताका छोरा छोरीको सर्घष त्याग तपस्या, बलीदानीबाट प्राप्त सृजित मुनाको रूपमा रहेको यो सुन्दर ब्यबस्थालाई एक थरि तत्वहरू भत्काउन खोजिरहेका छन । हिजोको दिनमा गलत परिपाटीको जग बसालेर मनपरी गर्नेहरूलाई यो ब्यबस्था पचेको छैन । त्यस कारण यति बेला हामी सबै सचेत हुदै सकारात्मक ,समालोचक बन्दै यो ब्यवस्थाको रक्षा र बिकाश गर्दै आफूमा रहेका कमिकमजोरीबाट सच्चिदै देशको समबृदी बिकाश गर्दै अगाडि बढौ । प्राप्त उपलब्त्रीको रक्षा गर्दै थप उपलब्धी र बिकासका लागी सबै लागौं ।