बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

शिवजी मण्डेल/बझाङ
बझाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका एक जना १९ वर्षपछि पक्राउ परेका छन् । खुकुरीले प्रहार गरी ज्यान मारेको अभियोग लागेका फरार प्रतिवादी मष्टा गाउँपालिका ५ का ४७ वर्षीय ज्ञानु बोहरा भनिने ज्ञान बहादुर बोहरा वैशाख ९ गते बिहीबार पक्राउ परेका छन् ।

Sayalb

बझाङ जिल्ला अदालतको २०६३ माघ १९ गतेको फैसलाले २० वर्ष कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।

उनलाई बिहीबार कैद भुक्तानका लागि जिल्ला अदालत बझाङमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताए ।

Shaileshwori
Loading...