मंगलवार डोटीका थप ७६ जनामा कोरोना पुष्टि, २८ जनाले कोरोना जिते

डोटी : डोटीका थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ६ पिसिआर परिक्षण गर्दा ६६ र २१ जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका ५७ पुरुष, १९ महिला हुन् ।

जसमा दिपायल सिलगढी नगरपालिका र के.आई.सिंह गाउँपालिकाका २६/२६ जना, पुर्विचौकी गाउँपालिकाका ८ जना, बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिकाका ५/५ जना, शिखर नगरपालिकाका ४ जना, आदर्श गाउँपालिका र जोरायल गाउँपालिकाका एक/एक जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय १७ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

Sayalb

हाल जिल्लामा ४ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्य १८ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ४ सय एक जना होम आईसोलेसनमा रहेका छन् । यस्तै आज २८ जनाले कोरोना जितेका छन् । जिल्लामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Shaileshwori
Loading...