निसुल्क फोन तथा भिडियो कलबाट परामर्श सुबिधा

कोरना भाइरसको जोखीम सहित संत्रास फैलिरहेको समय मा घर मै बसेर कोरोना तथा अन्य स्वास्थ्य समस्या को बारेमा सल्लाह र सुझाव लिन सकिने भएको छ । कोरनाको भ्रम सत्यता, बाच्ने उपायहरुको बारेमा Tele Medicine Nepal ले निसुल्क फोन तथा भिडियो कल सुबिधा उपलब्ध गराएको हो । केहि समय पहिला जिल्ला अस्पताल डोटी बाट सुरुवा भइ काठमाडौं गएका प्रमोद भट्टले सहरमा भन्दा ग्रामीण क्षेत्रमा कोरनाको वास्ताबिकता बारे थाहा नपाउदा मान्छे लाइ त्रास भएकाले यस्तो कार्यको थालनि गरेको उक्त संस्था का निर्देशक डा प्रमोद भट्टले जानकारी दिनुभएको छ ।

भट्टका अनुसार सुदुर र कर्णाली प्रदेशका दुर्गममा बस्ने जनताहरु एस बाट लाभावित हुने आशा गरेका छ । अहिले बिहान र बेलुका मात्र सेवा दिएको संस्थाले छिट्टै २४ सै घण्टा सेवा दिने योजना रहेको बताउनु भयो । कोरोना लगायत सुरक्षित मात्रीत्ओ लाई मध्यनजर गरेर यो संस्था ले जेठ १ बाट आफ्नो सेवा सुरु गरेको डा भट्ट ले बताउनु भयो ।

Sayalb

“यातायात को समस्या र कोरोना को डर भएका बेला सुदुर तथा कर्णाली प्रदेश बासी हरु को लागि घरमै बसेर सेवा लिन पाउने यो उपयुक्त समय हो, आज भोलि दिन मा १०० वटा सम्म फोन कल आउदै छन् र येश बाट हामी निकै हर्सित छौँ “ डा भट्ट ले बताउनु भयो ।
उक्त सेवा लिनका लागी तलदिएका ठेगानामा सम्पर्क गर्न सकिने छ ।

Dr Pramod Bhatta ( Consultant General Practitioner and Emergency Physician: Teku Hospital) 9860920304 Dr Kamal Aryal: ( Medical officer) 9847018166

https://www.facebook.com/telemedicinenp

Shaileshwori
Loading...