जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कर्ण चन्द

श्रावण २५, डोटी जिल्ला अस्पताल डोटीलाई निड्स नेपाल कञ्चनपुरले स्वास्थ्य तथा सरसफाईका लागी आबश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नोभेल कोरोना भाईरस कोभिड–१९ को संक्रमण संसारभर बढ्दै गएको बेला अस्पतालमा सेवा प्रवाहका क्रममा आबश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको हो ।

Sayalb

जोखिममा रहेका स्वास्थ्यकर्मी तथा डाक्टरको साबधानी तथा अस्पतालमा आउने बिरामीमा संक्रमण नफैलियोस भन्ने उदेश्यका साथ अस्पताललाई सामाग्री बितरण गरिएको निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टले बताउनु भएको छ । निड्स नेपालले अस्पतालाई पलास्टीक बाटा १० थान, बिद्युतीय जग ४० थान, खानेपानी ट्याङ्की १० थान, सोडिएमह्याड्रो कलोराईड १० थान, वासिङ मेसिन १ थान, डस्टबीन १० थान, सेनिटाईजर स्टयाण्ड ४ थान, स्यानिटाईजर ५ जर्किन ,सेनिटाईजर ११ थान लगाएतका सरफाईका लागी आबश्यक पर्ने २ लाख ६८ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

निड्स नेपालले उपलब्ध गराएका स्वास्थ्य समाग्री महामारीको समयमा बहुत उपयोगी हुने जिल्ला अस्पतालका अध्यक्ष यज्ञराज जोशीले बताउनु भएको छ । नागरिकले उपचार पाउने अस्पतालमा कोरोना फैलन सक्ने खतरा भएका कारण संस्थाले सुदूरपश्चिमका बिभिन्न अस्पतालमा स्वास्थ्य सामाग्री हस्तारण गर्ने कार्यक्रम तय भएको निड्न नेपालका अध्यक्ष अञ्जु जोशी भट्टले बताउनु भएको छ ।

Shaileshwori
Loading...