‘हेर यो मुटुमा चिरा पर्या छ’ को सफलता पछि बादल थापाको धुरुरु सार्वजनिक

निश्चल नरेश बोगटी

नेपालि गित संगीतको बजारमा एक पछी अर्को गर्दै दिनप्रतिदिन गित संगीत बजारमा आईरहेका हुन्छन । यसैक्रममा केहि समय अगाडि सार्वजनिक गित ञहेर यो मुटुमा चिरा पर्या छझ को अपार सफलता पछि गायक बादल थापाले ञधुरुरुझ बोलको नयाँ गित लिएर नेपाली गित संगीतको बजारमा आएका छन् ।

धुरुरु बोलको गितले सामाजिक सञ्जाल टिकटकमा धेरै दर्शक श्रोताको मन जितेको छ । गित सार्वजनिक भएको चार दिनमै ५० हजार भन्दा धेरै टिकटक प्रयोगकर्ताले सो गितमा भिडियो बनाएका छन् भने एक लाख २० हजार भन्दा धेरै चोटि युटुवमा हेरिएको छ ।

Sayalb

सुदूर तथा कर्णाली परिवेशमा बोलीले केही शब्दहरु संकलन गरेर बनाईएको गितमा प्रेमीकाले चोखो मायामा घात गरेर अरुसंग गैसकेपछी प्रेमीको बेहाल अवस्थालाई म्युजिक भिडियोले चित्रण गरेको छ ।

गितमा लय,शब्द र आवाज संसँगै म्युजिक भिडियोमा पनि गायक बादल थापा स्वयम् आफै देखा परेकाछन् । सो गीतको म्युजिक भिडियो मिलन खड्काले निर्देशन गरेका हुन् भने हिम सागर बमले सम्पादन गरेको त्यो गीतको म्युजिक भिडियो बादल थापा युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

कमल सौरागले एरेन्ज गरेको गितको म्युजिक भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका छन् । आशा छ यो गित पनि बिगतका गित झैँ चर्चाको सिखरमा पुग्ने छ । हेर्नुहोस भिडियो

Shaileshwori
Loading...