सुदुर पश्चिमेली नेपाली समाज भारतले क्यान्सर पिडित कडारोलाई सहयोग गर्यो

सुदुर पश्चिमेली नेपाली समाज भारतले डोटीको आदर्श गाँउपालिका–४ मैवाका क्यान्सर पिडित तुले कडारोलाई आर्थिक सहयोग गरेको छ । कडारो अहिले कामको सिलसिलामा भारतको तामिलनाडु राज्यमा बास्दै आएका छन् । उनको उपचारमा केही सहज होस भनेर विभिन्न व्यक्तिबाट संकलन गरिएको २२ हजार एक सय ५० भारु रुपैयाँ सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष दिपक खड्काले बताए ।

काम गर्न नसक्ने भएपछि कडारोलाई काम गर्ने ठाउँबाट निस्कासन गरिदाा उनको परिवार १५/२० दिन देखि गाँसबास बिहिन भएको थियो । अहिले उनको परिवारको गाँसवासको जिम्मा सुदुर पश्चिमेली नेपाली समाज भारतले लिएको समाजका सचिव कमल परियारले बताए । डाक्टरले कडारोलाई सन्चो हुन अझै एकदुई महिना लाग्ने बताएका छन् ।
