रामारोशनमा कैलाश खोलाले बगाएर ६ जनाको मृत्यु १३ बेपत्ता

Sayalb

अछाम, भदौ ३
अछाम जिल्लाको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाएर बेपत्ता भएका मध्ये छ जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका १३ खोजी कार्य जारी रहेको बताईएको छ ।  प्राप्त जानकारी अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका– ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको छ । यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको छ । बाढीका कारण सैनवजारका १६ वटा घर तथा पसलहरु समेत वगाएको छ । मुजावर खाल वजारका पनि घरहरु वगाएको छ ।

Shaileshwori
Loading...