सुर्य विरही साउँद र भुवन दाहालको आवाजमा ‘सुनै फल्न्या देश’ सार्वजनिक
निश्चल नरेश बोगटी, श्रावण ७
देउडा गितमा आफ्नो छुट्टै छवि बनाएका लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउँदको नयाँ ठाडीभाका गीत ‘सुनै फल्न्या देश’ सार्वजनिक भएको छ । बिशेश गरी चोखो मायाप्रेमलाई समाजले कु(दृष्टीले हेरेपछि प्रेमी तथा प्रेमिका बिचको प्रेम सम्बन्धलाई बिछोड गराइदिए पछीको अवस्था चित्रण गर्दै गायक साउँद पागल भेषमा देखा परेका छन् । बसिवियाँलो म्युजिक प्रालि युटुव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर रहेको छ भने सब्दरसंगीत सुर्य बिरहि साउँदको रहेको छ ।
बि।सं। २०६५ सालमा ञप्रिति फुल सारिदेझ गितबाट सांगीतिक यात्रामा होमिएका गायक साउँदले दर्जनौं गित दर्शक श्रोता समक्ष पस्किसकेका छन् । उनका बहुचर्चित गित पुतलीका भेष,बिन्ती शैलेश्वरी,धन्य मायाजाल, राणा शासनले, म त भैंसी गोठाले,यो लोटाउनो राङ्गो,बर्खा लगायतका गितहरु दर्शक श्रोताको जनजिब्रोमा अझै झुण्डिएको पाइन्छ ।
सुदूर तथा मध्यपश्चिममा बोलिने भाषा,रहनसहन,संस्कृति तथा दुस्ख सुखका यथार्थ घटनालाई गितमा ढाल्दै गित दर्शक श्रता समक्ष पस्किदै आएको र आगामी दिनमा पनि यस्तै गित संगित बजारमा ल्याउने गायक तथा सर्जक सुर्य बिरही साउँदले बताए ।
मार्मीक रुपमा प्रस्तुत गरिएको ‘सुनै फल्न्या देश’ बोलको उक्त गितको भिडियो रमेश बिजुली बिसीले निर्देशन गरेका हुन भने हरीश महराले भिडियो खिचेका हुन । यस्तै म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली लगायतको अभिनय देख्न सकिन्छ । सो गितको भिडियो सम्पादन बिबेक पान्डेले गरेका हुन् भने गितको एरेन्ज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन ।
‘सुनै फल्न्या देश’ बोलको गितमा खप्तड राष्ट्रिय निकुञ्ज,डोटीको सदरमुकाम शिलगढी,दिपायल लगायतको मनमोहक दृश्य देख्न सकिन्छ ।
म्युजिक भिडियो