नीति कार्यक्रम तथा ऐन कानुन सम्बन्धी दुई दिने तालिम सम्पन्न

डोटी- कोभिड १९ तथा दलित महिलाहरुका मुद्दालाई सम्बोधन गर्नका लागी दुई दिने अभिमुखिकरण तालिमको सम्पन्न भएको छ ।

बिद्यमान नीति कार्यक्रम, ऐन कानुन तथा संयन्त्रहरुमा दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधि, महिला अधिकार कर्मी लगायत दलितका मुद्दा संग सरोकार राख्ने निकायलाई दुई दिने तालिम प्रदान गरिएको दलित महिला संघ (फेडो) डोटीकी अध्यक्ष लक्ष्मी बादिले बताउनुभयो ।

सुक्रबार बाट सुरु भएको कार्यक्रमको आयोजना दलित महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरणका परियोजना, दलित महिला संघ डोटीले गरेको हो ।

दलित समुदायको विकास तथा शसक्तीकरणका लागि स्थानीय सरकारले मुक्त हलियाका मुद्दाहरुमा चोसो दिनुपर्ने, पछाडि परेको समुदाय दलित बर्गका लागि नगरपालिकाका सबै वडाहरुले आवश्यक वजेट छुट्याउनु पर्ने कार्यक्रममा सहभागीले आग्रह गर्नुभयो ।

Sayalb

स्थानीय सरकार आईसके पछी महिला तथा पिछडिएका समुदायको उत्थान तथा विकासको लागि आम सचेत ब्यक्तिले लागेमा महिला हिंसा न्युनिकरणमा टेवा पुग्ने अधिकार कर्मी सीता बि।कले बताउनु भयो ।

समाजमा विद्यमान हानिकारक प्ररम्परा बाल बिबाह, बहु बिबाह, छुवाछूत कु(प्रथालाई न्युनिकरण गर्नका लागि नेपालीको कानुनी ब्यबस्था लगायतका विषयमा छलफल भएको थियोे ।

नेपालीको संविधानमा ब्यबस्था भए बमोजिम महिलाको हकको कार्यान्वयन र लैङ्गकि विभेद जस्ता विभेद न्युनिकरण गर्नका लागि आम जनप्रतिनिधि तथा महिला अधिकार कर्मीले सक्रिय भएर लाग्नुपर्ने पत्रकार तथा प्रशिक्षक रामहरि ओझाले बताउनुभयो ।

Shaileshwori
Loading...