दुखी पिडितको सहारा बन्दै एकता सवार्द दलित समाज नेपाल भारत

प्रेम नेपाली
पछिल्लो समयमा भारतको करनाटक राज्यमा रहेको एकता सवार्द दलित समाज नेपाल भारत नामक सामाजिक संस्थाले भारतमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग तथा उद्धार गरिरहेको छ ।

समाजले करनाटक राज्यको बेङ्लोरमा उपचाररत बित्थडचिर गाउँपालिका वडा नम्बर ९ धारि बझाङका वासिन्दा उजले नेपाली लाई मुटु रोगको अप्रेसन गर्न डाक्टरले २ लाख भारु आवस्यक रहेको बताएपछि त्यहा रहेको उक्त समाजले नेपालीको उपचारमा सहयोग गर्न अगुवाइ लिएको समाजका अध्यक्ष जीवन परियारले जानकारी दिएका छन । अध्यक्ष परियारले आफुहरु कोरोनाको चपेटामा परेर पनि भारतमा अप्ठ्यारोमा परेका नेपालीहरुका लागि भने आर्थिक तथा भौतिक रुपमा सहयोग गर्न नछोडेको बताए ।
उक्त समाजका तर्फबाट पीडित नेपालीलाई १२ हजार १ सय ६० रुपैयाँ सहयोग गरेको र बाकी रकम जुटाउन आफुहरुले अभियान चालेको समाजका उपाध्यक्ष प्रकाश नेपालीले जानकारी दिए । पीडित उजले नेपाली उपचार गरेर घर फर्की सकेको समाजले जनाएको छ । आफुहरुले परदेशको पीडा र समस्या महसुस गरेकोले भारतमा जोसुकै नेपालीहरुलाई अप्ठ्यारो पर्दाखेरी सक्दो सहयोग गर्ने पनि समाजले प्रतिवद्धता व्यक्त गरेको छ ।
