डोटीमा सङ्गठन बिस्तारमा जुट्यो माओवादी केन्द्र एक दिनमा ४ वडामा कमिटि बिस्तार

जोरायल गाउँपालिका पाँच वडामा सङ्गठन बिस्तार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जोरायल गाउँपालिकामा सङ्गठन बिस्तार अन्तरगत पाँच वडामा सङ्गठन बिस्तारको गरिएको छ । सङ्गठन बिस्तार अन्तरगत वडा नं. १ घण्टेश्वरमा दिनेश पुनको अध्यक्षतामा १५ सदस्यीय, २ नं छिनमा पदम विकको अध्यक्षतामा २१ सदस्यीय, वडा नं ३ लक्ष्मीनगर मनोज ओलिको अध्यक्षतामा १७ सदस्यीय, वडा नं ४ सरस्वतीनगर अध्यक्षमा गोविन्द विकको अध्यक्षतामा १५ सदस्यीय, वडा नं ६ गड्सेरामा तेज खत्रीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीका कार्यदल सदस्य छवि ओलीले जानकारी दिनु भएको छ ।
चवराचौतारामा कमिटि गठन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा वाला सिंह गड्सिलाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा हर्क विष्ट, सचिव टेक बि.क., कोषाध्यक्षमा शकुन्तला नेपाली सहित सङ्गठन कमिटी बिस्तार गरिएको छ ।
पार्टी कमिटि सहित जनबर्गिय सङ्गठन समेत गठन गरिएको छ । योङ्ग कम्युनिस्ट लिग ‘वाइसियल’ चक्र साउदको संयोजकत्वमा १७ सदस्यीय, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको संयोजक सुकुन्तला नेपाली रहने गरी २१ सदस्यीय समिति, किसान सङ्गठनको संयोजकमा दान सिं विष्टको संयोजकत्वमा २१ सदस्यीय, राष्ट्रिय दलित मुक्ति मोर्चा टेकवहादुर वि.कोक संयोजकत्वमा १७, अखिल क्रान्तिकारी हेमन्त गड्सिलाको संयोजकत्वमा २५ सदस्य गठन गरिएको छ ।


दिपायल सिलगढी नगरपालिका
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिपायल सिलगढी नगर पालिका वडा नं ४ को वडा सङ्गठन कमिटी अध्यक्ष हिरा देबि बिक सचिव चक्र बहादुर कठायत रहने गरी ३१ सदस्यीय गठन गरिएको छ ।
कमिटि सँगै जनवर्गिय सङ्गठन कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी अध्यक्ष सञ्जी दमाई, कोषाध्यक्ष दुर्गा बिक, सचिव धर्मा खड्का रहने गरी समिति बिस्तार गरिएको छ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल)को संयोजक प्रकाश बिक, कोषाध्यक्ष गणेश नेपाली, सचिव लोकेन्द्र पाण्डे अखिल नेपाल किसान सङ्गठन कमिटी अध्यक्ष हेम बहादुर कठायत, कोषाध्यक्ष धर्मा खड्का, सचिव दिपेन्द्र कठायत त्यसैगरी मोहन सिंह पार्कीको अध्यक्षतामा राष्ट्रिय दलित मुक्ती मार्चा २१ सदस्यीय समिति जस्को सचिवमा नम्रता केसी र कोषाध्यक्ष कृष्ण बहादुर दमाई रहनेगरी गठन गरिएको छ, अखिल नेपाल मजदुर सङ्गठन कमिटी अध्यक्ष अमृत सुनार, कोषाध्यक्ष प्रेम बहादुर दमाई ‘काल्चे’ सचिव बिक्रम नेपालीको नेतृत्व चएन गर्दै सम्पन भएको छ ।

कपल्लेकीमा सङ्गठन बिस्तार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिखर नगरपालिका वडा नं. १ कपेकीमा २५ सदस्यीय कमिटि गठन गरिएको । शिखर नगरपालिकामा सङ्गठन बिस्तारको काम सुरु गरिएको माओवादी केन्द्रका नेता गणेश बरालले जानकारी दिनु भएको छ ।
