बाल विवाह अन्त्यका लागि नीति तथा कार्य योजना निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
तेजु ओली/डोटी – स्थानिय तहमा बाल विवाह अन्त्यका लागि नीति तथा कार्य योजना निर्माण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
बाल विवाह सम्बन्धी कानुनी तथा नितिगत ब्यावस्था को बारेमा आदर्श गाँउपालीकाका सरोकारवाला हरु र जनप्रतिनिधिसंग दुइ दिन सम्म संचालन भएको थियो ।
बाल विवाह एक अपराध हो ,वाल विवाह गर्ने गराउने दुबै लाई एक वर्ष देखि ३ वर्ष सम्म जेल र ३० देखि माथी सजाय हुने कुरा लाइ सबै ले बुझे बालबिवाह बिरुद्ध लडन सजिलो हुने आदर्श गाँउ पालीका वडा नं ७ का वडा अध्यक्ष लाल बहादुर बिष्ट ले बताउनुभयो।
उक्त अभिमुखीकरण कार्यक्रम का प्रमुख अतिथि गाउँ पालिका का अध्यक्ष टेक बहादुर रोकाया रहनु भएको थियो । सिड नेपाल डोटी को आयोजना र वर्ल्ड भिजन इन्टरनेश्न्ल नेपालको आर्थिक सहयोग मा दिपायल मा रहेको होटल घटाल मा संचालन भएको थियो।
उक्त कार्यक्रम मार्फत आगामि दिनमा आदर्श गाँउ पालीका ले आफ्नो स्थानीय तहको बालबिवाह अन्त्यका लागि रणनीति तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस आर्थिक वर्षकालागी बजेट सहितको कार्य योजना निर्माण गर्ने गाउँ पालिका का अध्यक्ष टेक बहादुर रोकाया ले बताउनुभएको छ।