हिन्दु धर्मले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने छ : अध्यक्ष नेपाल

865
Shaileshwori

तेजु ओली, डोटी
पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले हिन्दु धर्मले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने बताउनुभएको छ । बुधवार डोटी जिल्ला सदरमुकाम सिलगढीमा पुजाका लागि नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेमगर सहित पुगेका नेपालले हिन्दु धर्मले नेपालीलाई एकताबद्ध हुन प्रेरणा समेत प्रदान गरेको बताउनुभयो ।

सङ्गठन बिस्तारमा व्यस्त हुँदा पनि अध्यक्ष नेपाल समय मिलाएर शैलेस्वरी मन्दिर सहित बडिकेदार दर्शनका लागी डोटी आउनु भएको हो । मन्त्री आलेको गृह जिल्लाको बडिकेदार गाउँपालिकामा रहेको बडिकेदार मेलाको पुँजामा सहभागी हुन मन्त्री सहितको टोलि हेलिकप्टर मार्फत डोटी पुगेको हो ।

गृह जिल्ला पुगेका मन्त्री आले सहित पुर्व प्रधानमन्त्री नेपाललाइ दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, राजनीतिक दलका नेता तथा कार्यकर्ताले फुल माता सहित स्वागत गरिएको थियो।

Sujang New
Leave A Reply

Your email address will not be published.