Before Header
After Navigation

युवा संघ केन्द्रिय सदस्य मलासीद्वारा खेलकुद सामग्री बितरण

प्रकाश जोशी

डोटी, भदौ १४

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य नरेस मलासिले डोटि जिल्लाको दिपायल सिलगढी नगरपालिका ९ कलेनामा रहेको लालिगुरास खेलकुद क्लबलाइ खेलकुद सामग्री बितरण गरेका छन ।

Sagan sahari bhawan nirman aayojana

खेलकुद प्रेमी मलासिले आज कलेना पुगेर बल, नेट र पम्प लगायतका खेलकुद उक्त क्लबका अध्यक्ष हरिश नेपाली लगायतका खेलाडिहरुलाई हस्तान्तरण गरेका हुन । युवा र खेलकुद भन्ने बित्तिकै हुरुक्कै हुने मलासिले त्यहाका युवाहरुको खेलकुद प्रतिको मोह देखेर हर्सिद हुँदै आफ्नु ब्यक्तिगत तर्फबाट सामग्री हस्तान्तरण गरेका हुन ।

सामग्री हस्तान्तरण गर्दै मलासिले खेलले मानसिक र सारिरिक रुमा चुस्त दुस्तको साथै साहासी ब्यक्ती बन्न सहयोग गर्ने बतायका छ्न । तेक्वान्दोका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका मलासिले, अहिले बिश्व ग्लोबलाईजेसनले मानव समुदायको स्वस्थ वा इम्युनिटीपावरमा समस्या आईरहेको र विभिन्न खालका रोग ब्यथाका साथै महामारी खेप्नु परेको बताउदै खेलकुद बाटै शरिरलाई हिस्ट पुस्ट बनायर, इम्युनिटी पावर बढायर यस्ता रोगब्यथाहरु संग संग जितिने जिकिर गर्नु भयो । आपसी एकता, सहयोगी भावना, सकारात्मक स्वच, गाउ, समाज , र राष्ट्र प्रती प्रेम भाव, का साथै देस बिकासका लागि भबिष्यको स्वस्थ कर्णधार उत्पादन खेलकुद बाटै हुने स्पष्ट पार्दै खेलकुदको देस बिकासमा ठूलो महत्व रहेको बताउनु भयो ।
कार्यक्रममा अनेेेरास्ववियुका कार्यालय सदस्य वीर ब. बिष्ट, प्रकाश जोशी अनेरास्ववियुका सचिवालय सदस्य धन बहादुर कुमाल , भुपेन्द्र साउद, राष्ट्रिय युवा संघका नेता वीर बहादुर बिष्टल गायताका युवाहरुको उपस्थिति रहयो । 

खेलकुद सामग्री प्राप्त गरेपछि स्थानिय युवाहरु खुसी भयका छन ।

Shaileshwori
Loading...