
साउन १३, डोटी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले वृक्षारोपण कार्यक्रम गरेको छ । शनिवार नेकपा माओवादी केन्द्र पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले दुई सय विभिन्न प्रजातिका बिरुवा रोपेको छ । दिपायल सिलगढी नगरपालिकाको छाउनी स्थित डोटी बहुमुखी क्याम्पसको छत्र तथा छात्रा होस्टेल, प्राध्यापक निवास परिसर तथा खेलकुद मैदान वरिपरि बिरुवा रोपिएको अनेरास्ववियू (क्रान्तिकारी) का डोटी जिल्ला अध्यक्ष प्रकाश जैशीले बताए ।
हरियाली पर्यावरण, वृक्षारोपण गर्ने बानीको विकास गर्न तथा जलवायु परिवर्तन रोक्नमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको अध्यक्ष जैशीले बताए । उनले वृक्षारोपण कार्यक्रम जारी राख्ने बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) को वृक्षारोपण कार्यक्रममा माओवादी केन्द्र डोटीका संयोजक कमल बहादुर गड्सिला, सचिव डबल सिंह, डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख उप.प्राध्यापक लोकराज भट्ट, उप.प्राध्यापक टिकाराम फुलारा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।









