का जानु हो अब (डोटेली गजल)

डोटेली गजल
कोरोना गाउँ सहर पुग्यो, का जानु हो अब
ओखतिमूलो पन लुक्यो, का जानु हो अब

कोपिला छनाई, सुकन्छ कि लाग्या छियो
दिनदिनै झिकझिकै फुल्यो, का जानु हो अब

Sayalb

कामकाज गरिवर गुजरा चलेकै छियो, दैव
हेर ज्याला मजदुरी छुट्यो, का जानु हो अब

नत धनिलाई राउनो, नत गरिबलाई राउनो
सबैको हाड मासु चुस्यो, का जानु हो अब

देशकी लगानी बर्ता नेतामाउ खी चाड भई
बच्याको कोरोनामी डुब्यो, का जानु हो अब
✍ मनमोहन ठकुल्ला
पुर्विचौकी गाँउपालिका २, डोटी

 

Shaileshwori
Bolpatra
Loading...