बुधवारको हावाहुरी वितण्डा : बोगटान फुड्सिलमा ठुलो क्षति 

जेठ १, डोटी । बुधवार साझा असिना पानी सँगै आएको हावाहुरीले डोटीको बोगटान फुड्सिल गाउँपालिकामा ठुलो क्षति पुगेको छ । सार्वजनिक संरचना र व्यक्तिगत संरचनामा ठुलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार ४६ ओटा व्यक्तिगत घर र १६ ओटा सार्वजनिक भवनहरूमा क्षति पुगेको छ । वडा नम्बर १ सिमचौरमा एक जना स्थानीयको घरकोमा पूर्ण क्षति पुगेको छ ।
वडा नम्बर ३ मा कानाचौर माविको २ कोठे भवन, लक्ष्मी आविको ५ कोठे भवन र भगवतेश्वर माविको २ कोठे भवनको छाना उडाउँदा पूर्ण क्षति हुन पुगेको छ । त्यस्तै तीन जना स्थानीयको घरका पनि छाना उडाएको छ ।
वडा नम्बर ४ मा नवदुर्गा आविका २ कोठे भवन, गौडेमसानी आविको २ कोठे भवन, सातफरी आविको २ कोठे तीन ओटा भवन, जोराघाट माविको सोलार पाता सहित छाना, वडा कार्यालयको सोलार पाता, वडा कार्यालय नजिकै रहेको साझा भवन र १८ जना स्थानीयको घरमा क्षति पुगेको छ । सोही वडामा सञ्चालित टुँडागाड लघु जलविद्युत् को पावर हाउसमा पनि क्षति पुगेको वडा अध्यक्ष दीप बहादुर बमले जनाकारी दिए ।
Sayalb
त्यस्तै वडा नम्बर ५ मा नवज्योति आवीको ३ कोठे दुई ओटा भवन र दुई जना स्थानीयको घरमा पूर्ण क्षति पुगेको  छ । वडा नम्बर ६ मा २ जना स्थानीयका घरका छाना हावाहुरीले उडाएको गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ६ मा चनुकाडा आविका ३ कोठे र २ कोठे गरी दुई भवनमा पूर्ण क्षति भएको छ । हावाहुरीले छाना उडाउँदा भित्र रहेका तीन ओटा कम्प्युटर, एक फोटोकपी मेसिन, सोलार सिस्टम तथा पुस्तकालयमा क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बमले जानकारी दिए । उनका अनुसार विद्यालयमा करिब १५ लाख बराबरको क्षति भएको छ ।
वडा नम्बर ७ मै रहेको आयुर्वेदिक औषधालयको भवन र २० जना स्थानीयका घरमा क्षति पुगेको छ ।
Shaileshwori
Loading...