डोटी स्थित सेती नदीमा बगेर बेपत्ता पुरुषको शव फेला

साउन २७, डोटी । डोटी स्थित सेती नदीमा बगेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। बगेर बेपत्ता भएका दिपायल सिलगढी नगरपालिका–३ पुल बजारका करिब ५६ वर्षीय राम सुचीकारको शव फेला परेको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी रण बहादुर चन्दका अनुसार बुधवार (आज) साँझ करिब ४:५० बजेको समयमा बेपत्ता भएका सुचीकारको शव केहीबेर अघि दिपायल सिलगढी नगरपालिका-५ घाट स्थित फेला परेको हो । उनी हातमुख धुन सेती नदी किनारमा गएका थिए ।

Shaileshwori
Bolpatra
Loading...