कोरोनाविरुद्धको स्पुतनिकु खोप भारतमै ३० करोड डोज तयार हुँदै

एजेन्सी / कोरोनाविरुद्ध रुसले बनाएको भ्याक्सिन ‘स्पुतिनक’ छिमेकी मुलुक भारतले पनि बनाउने भएको छ।
भारतले यस खोप आगामी २०२१ सम्म ३० हजार डोज उत्पादन गर्ने जनाएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभका अनुसार आगामी वर्ष ल्याइने यी सबै खोप भारतमै तयार हुनेछ।

भारत हाल विश्वमा कोरोना संक्रमित बढी भएको देशको दोस्रो स्थानमा छ। पछिल्लो २४ घण्टामा मात्र १६ सय १३ जना संक्रमित थपिएको भारतमा पछिल्लो समय संक्रमित संख्या घटिरहेको छ।
भारतभर हाल ९९ लाख ७९ हजार जनामा संक्रमण भइसकेको छ भने ९५ लाख बढी मानिस संक्रमणमुक्त भइसकेका छन्। त्यस्तै मृत्यु भएका १ लाख ४४ हजार मानिसमा कोरोना संक्रमण देखिएको थियो।
