म पावर वाला मान्छे

त,…..त भन्छस
म ….. म हो
बोल्दा होस् गरेस
बढि फोर्स नगरेस
चिन्या छस ११ म को हो रुरुरु
म पावर वाला मान्छे ।
न्याय मेरो छ
सत्ता मेरो छ
भत्ता मेरो छ
कानुन मेरो छ
को कस्तो छ १ म चिन्न सक्छु ।
को कतिमा बिक्छ म किन्न सक्छु ।
हो म पावर वाला मान्छे ।
दिउँसै रात पार्न सक्छु
तलाई मार्न पनि सक्छु
दुईचार बटा घाउ बनाएर ।।दात झार्न पनि सक्छु
चिन्या छस म को हो रुरुरु
म पावर वाला मान्छे
भन कसलाई ठोक्नु छ
कहाँ के बोक्नु छ
कानुन मेरो हातमा छ
प्रहरी मेरो साथमा छ
न्याय मेरो मुठ्ठीमा छ
मंत्री मेरो
न्यायाधीश मेरो
वकिल मेरो
मिडिया मेरो
हरेक ….. क्षेत्र मेरो
चिन्या छस म को हो रुरुरु
म पावर वाला मान्छे ।
कालोलाई गोरो बनाईदिन सक्छु
दिनलाई रात बनाईदिन सक्छु
प्रमाणका कुरा गर्छस
त्यो पनि रद्दी बनाउन सक्छु
सब बिकाउ छन
हरेकको बजार मुल्य छ
किन्न सकिन्छ
सबैलाई चिन्न सकिन्छ
बुझ्या छस म को हो
म पावर वाला मान्छे
आशा……

त …. तहि होस
म ….. म नै हो
चिन्या छु
तेरो गोरो छालाको कालो कर्तुत
त पावर वाला मान्छे
अहिले तेरो सत्ता होला
मंत्री होला
कानुन होला
तेरो पावर होला
वकिल होला
चिन्या छु त पावर वाला मान्छे
हेर्छु तेरो पावर कति दिन चल्छ
तेरो सत्ता छिट्टै अबस्य नै ढल्छ
राणाले पनि यहीँ भन्थे
राजाले पनि यहीँ भन्ने
मुखियाले पनि यहीँ भन्थे
अहिले हेर…..
कहाँ छ उनिहरुको पावर
कहाँ छ उनिहरुको सत्ता
हो चिन्या छु त पावर वाला मान्छे
त कतिलाई किन्न सक्छन्
कति दिन किन्न सक्छन्
म पनि हेर्छु
यसरी कति दिन हिन्न सक्छन्
प्रमाण कति जुटाउन सक्छस
कहाँ कति फुटाउन, …..कुटाउन सक्छस
हेर्दै जा
सत्य सधैं सत्य नै हुनेछ
कानुन सधैं जनताकै हुनेछ
हो त पावर वाला मान्छे
एक दिन तेरो पावरको घमण्ड तोडिनेछन
तेरा मान्छेले तलाई नै छोडिनेछन
त एक्लो हुनेछस
त्यस पछि भन्नू आफुलाई…..
….. हो म पावर वाला मान्छे…..
लोकेन्द्र कठायत
