

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कुरा बुझ्ने बुद्धिजीवी नेपालमा थोरै मात्रै भएको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूले बोलेका कुरा नबुझ्नेले उखान टुक्का भन्ने गरेको आरोप लगाए ।
पोखरा महानगरपालिकामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ुमैले बोलेको त बुझ्ने बुद्धिजीवी थोरै मात्रै छन् कि क्या हो नेपालमा जस्तो लाग्छ । मैले कहाँ शास्त्रका कुरा गर्छु, उसले उखान टुक्का भन्छ ।ु
कांग्रेसका नेताहरूले आफ्ना भनाइलाई उखान टुक्का नबुझेर भनेको भएपनि बुद्धिजीवीले त्यस्तै बोलेकोमा ओलीको आपत्ति थियो । ुकांग्रेसका नेताहरूले उखानटुक्का भन्नु त ठीकै थियो, उनीहरू बुझ्दै बुझ्दैनन् । तर अरुले पनि, कतिपय केही मान्छे छन् सो कल्ड बुद्धिजीवी । उनीहरू पनि उखानटुक्का भन्छन्
ओलीले आफू एमालेको ड्राइभिङ सिटुमा बसेकाले विकासका काम तीव्र पार्ने बताए । “म आज नेकपा (एमाले)को ड्राइभर सिटमा बस्दा मलाई देशको विकासका लागि सारा प्यासेन्जरलाई सुरक्षित ढंगले गाडी हाकेर अगाडि बढाउनुपर्छ, देश विकासको यस अभियानमा तीव्र गतीले अगाडि बढाउनुपर्छ भन्ने कुरा राम्ररी थाहा छ, उनले भने, एमालेले देश अगाडि बढाउँदा तीव्र विकासको गति र सुरक्षित ढ्गले ड्राइभिङ गरिरहेको छु ।”
ओलीले मतगणना सुरक्षाप्रति आशंका व्यक्त गरेका छन् । उनले कार्यकर्ताहरूलाई मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न नदिन पनि निर्देशन दिएका छन् । उनले प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका खेल्न आग्रह गरेका थिए ।
