जिप दुर्घटनामा १२ जना घाइते

डोटी, भदौ २६

Sayalb

भाद्र २६, डोटी । डोटीको पुर्बीचौकी गाउँपालिका वडा नं. १ श्रीमामा धनगढीबाट अछामका लागी हिडेको जीप दुर्घटना हुँदा १२ जना घाईते भएका छन ।
से १ ज १०६६ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रहरी निरिक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
प्रहरी निरिक्षक बोहराका अनुसार १२ जना घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ चालकको पहिचान हुन सकेको छैन ।
घाईतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको रेडक्रश, स्थानीय तथा प्रहरीले उद्धार गरिहरेका छन । घाईतेहरुलाई जिल्ला अस्पताल डोटीमा ल्याईदै छ । भारतबाट आएका ब्यक्तीहरु सवार रहेको उक्त जीप बिहान ५ बजे ३० बजे तिर दर्घटना भएको अनुमान गरीएको उद्धार कार्य संलग्न रेडकक्रशकर्मी ओम जोशीले जानकारी दिए ।

Shaileshwori
Loading...