सम विकास केन्द्रद्वारा क्षमता विकास सम्बन्धि तालिम सन्चालन

डोटी, असोज ५
सुबास नेपाली

डिसिए नेपालको आर्थिक सहयोग तथा सम विकास केन्द्र नेपालको व्यवस्थापनमा “महिला उद्यम विकास तथा व्यवसायिक योजना निर्माण क्षमता विकास”तालिम सन्चालन भएको छ।

Sayalb

डोटी जिल्लाको शिखर नगरपालिका वडा न ५, ७, ८ ९, १०, ११ र के आई सिं गा.पा को वडा न १,,२,३ मा सन्चालित पहुँच परियोजना अन्तरगत रहेका महिला समुहका उद्यमी हरुलाई ३ दिने महिला उद्यम विकाश तथा व्यवसायिक योजना निर्माण क्षमता विकास तालिम सन्चालन गरिएको पहुँच परियोजना संयोजक टेक बहादुर नेपालीले वताउनु भयो।

आज सिलगडी स्थित डाफे होटलमा सन्चालन भएको ३ दिने तालिमको उदघाटन सम विकाश केन्द्रका अध्यक्ष अधिराज बिसिले गर्नु भएको थियो भने उक्त तालिमको सहजीकरण सम विकाश केन्द्रका परियोजना संयोजक नरेन्द विकले गर्नु भएको थियो।
पहुँच परियोजना द्वारा संचालित उक्त तालिमवाट स्थानिय स्तरका महिला उद्यमीको क्षमता बिकास भई लैङ्गिक हिंसा न्युनिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Shaileshwori
Loading...